नक्कली पीसीआर रिपोर्ट बनाउने २ जना पक्राउ
नेपालखोज
२०७८ माघ २७ गते १२:३४

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पनेमा २८ वर्षीय सन्दीप सापकोटा र २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना संकलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको अधिकारी जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया