शनिबार, जेठ ४, २०८२

राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना

नेपालखोज २०७८ माघ २७ गते १२:४०

काठमाडौं । भक्तपुर बालकोटनिवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ । पति कोमलविक्रम राणा संरक्षक तथा छोराहरु कविर राणा र रवि राणाका साथै नाति विक्रान्तविक्रम राणाका सञ्चालक रहने गरी ट्रष्ट स्थापना गर्ने निर्णय गरिएको हो ।

मीनकुमारीको निधन भएको १३औं दिनको पुण्य तिथिका अवसरमा राणा परिवारले ट्रस्ट निर्माण गरेको जनाउँदै ट्रस्टले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई बर्सेनि पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहनदार विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरिएको छ ।

ट्रस्टले त्यसका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँका अक्षयकोषको स्थापना गरेको जनाएको छ । उक्त अक्षयकोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रालिका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक कविर राणाले जानकारी दिए ।

प्रतिक्रिया