प्रचण्डले गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई माओवादीमा स्वागत गरे

काठमाडौं । रुपन्देही सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु नेकपा माओवादी प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्लालाई प्रचण्डले स्वागत गरे ।
गाउँपालिका अध्यक्षसँगै वडाध्यक्ष श्रवणकुमार यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरे । शुक्ला तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वडाध्यक्ष यादव नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा लुम्बिनी र मधेस प्रदेश फेरि एकपटक माओवादीमय हुने विश्वास व्यक्त गरे । उनले आफु केही दिन पहिला सर्लाही र रौतहट जाँदा पनि मधेसका सयौं जनता माओवादी प्रवेश गरेको स्मरण गर्दै जनप्रतिनिधिकै पार्टी प्रवेशले नयाँ सन्देश दिने बताए ।

प्रतिक्रिया