युवा संघको माग- रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर
नेपालखोज
२०७८ माघ २७ गते १५:४९

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ । काठमाडौको नयाँ बानेश्वरमा बिहीबार दिउँसो भेला भएर युवा संघले मन्त्रीको राजीनामा वा बर्खास्तको माग गरेको हो ।
सरकारविरुद्ध प्रदर्शन गर्दै उनीहरुले नाराबाजी गरे । उनीहरुले पाँच दलीय गठबन्धन स्वार्थले बनेको आरोप समेत लगाए । उनीहरुको वर्तमान सरकारले जनविरोधी काम गरिरहेको समेत आरोप छ । प्रदर्शनमा सरकारका काम कारबाही जनमुखी हुन नसकेको आरोप लगाइएको छ ।
प्रदर्शनमा सहभागीले ‘स्थानीय तह निर्वाचनको स्वीकार्यता, मुल्यवृद्धि फिर्ता गर, गुमेको भूमी फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर, स्वास्थ्यमन्त्रीलाई कारवाही गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया