आइतबार, जेठ ६, २०८१

गायिका अन्जुले दिइन् रचनालाई माया र आशीर्वाद

नेपालखोज २०७८ माघ २७ गते १६:२४

काठमाडौं । विवादित गजल ‘न बिर्सै तिमीलाई’ को नयाँ भर्सन गजलका गजलकार विपिन किरण लगायत टिमलाई गायिका अन्जु पन्तले धन्यवाद् दिएकी छन् । सामािजक सन्जालमार्फत आज उनले धन्यवाद दिएकी हुन् ।

चर्चित गायिका अन्जुले गाएकाे गीत सामान्य कलाकारलाई दिइएकाे भनेर निर्माण समूहकाे चाैतर्फी विराेध भएकाे थियाे । तर अन्जु आफैँले धन्यवाद दिएपछि विवाद केही साम्य हुने बताइएकाे छ । ओरिजिनल सिंगरको नाम र लिंक समेत भीडीयाेमा नराखिएपछि विवाद बढेकाे थियो । उनले भनिन्, ‘मानिसबाट कहिलेकहिँ जान अन्जानमा भुल हुन्छ, यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले ।’

नयाँ भर्सनकी गायिका रचना रिमाललाई माया र आशिर्वाद अन्जुले दिएकी छन् । उनले भनिन्, ‘विपिन भाईसँगको बातचितपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंक समेत राख्नुभएको छ, यो तपाईको कदम प्रशंसनिय छ । भविष्यमा हामी सबै मिलेर नेपाली गीत संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौँ ।’

गायिका अन्जुले सामाजिक सन्जालमार्फत धन्यवाद् दिँदै उनले गाएको गीतको लिंक समेत राखेको फाेटाे सार्वजनिक गरिन् ।

प्रतिक्रिया