महालक्ष्मी लाइफको चौथो वार्षिक साधारणसभा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले कमलपोखरी काठमाडौंमा बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
अध्यक्ष मनोरञ्जनरमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दे जीवन बिमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।
सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ।व। २०७६–०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गर्योप । स्वतन्त्र सञ्चालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परिक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख पचास हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ ।
सभामा महालक्ष्मी लाइफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ । कार्यक्रमको अन्त्यमा संचालक सुरेशसापकोटाले धन्यवाद ज्ञापन गरेपछि सभा समापन भएको थियो ।
प्रतिक्रिया