आइतबार, जेठ ६, २०८१

हाइग्राउन्डको भ्यालेन्टाइन अफरमा कपल बन्जी गर्दा स्विङ फ्री

नेपालखोज २०७८ माघ २८ गते १४:१५

काठमाडौं । नेपालकै पहिलो जिपलाइन, टवर बन्जी र जायन्ट स्विङको सञ्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा‍.लि. ले ’भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत टेन्डम जोडी बन्जी गर्ने जोडिले स्विङ नि:शुल्क खेल्न पाउने छन् ।

जिपलाइन बुक गर्ने जोडिले पनि स्विङ नि:शुल्क खेल्न पाउने छन् । नेपालमा पहिलो पटक टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले जोडि बन्जी सुरु गरेको हो । हाल हाइग्राउण्ड एड्भेन्चर प्रेमी जोडिको रोजाइको गन्तव्य बन्ने गरेको छ ।

खोलाबाट २ सय ६२ फिटमाथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने ब्यक्तिलाई झुन्ड्याइन्छ । परिवार र साथी सँगै खेल्न सकिने पिङ दुई जना मात्र बसेर पनि खेल्न सकिन्छ । स्विङ खेल अवधी ३ मिनेटको हुन्छ । स्विङको शुल्क दुई हजार प्रति ब्यक्ति र फोटो भिडियो टिसर्टको १२ सय रुपैयाँ रहेको छ । जिपलाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड जिप फ्लायरुको फ्रेन्चाइज रहेको हाइग्राउण्डले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको छ । बिश्वकै भिरालो र छिटो द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत सुरुवात गरेको छ ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको हाइग्राउण्डले एक दशक पछि ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको हो । समुन्द्री सतहदेखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सरांकोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप भिरालो ६ सय मिटर रहेको छ । धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा विश्वकै भिरालो जिपलाइनुका रुपमा दर्ता गर्न आवेदन दिइएको कम्पनीले बताएको छ ।

विश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस कि.मि प्रति घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।

प्रतिक्रिया