बिहीबार, जेठ ३, २०८१

एमसीसी पास गरौं भने भैगो नि सीधै ? किन घुमाउनु परो फेरो ?

नेपालखोज २०७८ माघ २९ गते १६:१७

आज म लेख्दैछु…
धेरैले मलाई एमसीसी को बारेमा किन नबोलेको भनेर प्रश्न गरेर हैरान गरे, म बोलिनँ, उचित पनि ठानिनँ..
तर आज एउटा समाचार प्रकाशित भएपछि भने केही लेख्नै मन लाग्यो !
चीन पनि ठीक !! अमेरिका पनि ठीक,
भारत पनि ठीक, सबै छिमेकी बराबर भन्ने जस्तो ‘लिंग नखुलेको परराष्ट्र नीतिको’ दिन गयो अब !
आफ्नो देशलाई दीर्घकालीक फाइदा जता हुन्छ त्यहाँ स्पष्ट भएर उभिनुपर्यो,
इतिहास हेर, हिसाब गर, स्पष्ट भइसक्यो
चीन सहयोग कि, अमेरिका र उसका सहयोगी राष्ट्रको सहयोग ?… निर्णय गर !
चीन र अमेरिका दुवैले यसलाई
प्रतिष्ठाको विषय बनाएको स्पष्ट भैसक्यो !
अब सिद्धान्तले के भन्छ भनेर हेर्ने होइन
सडकका कुरा पनि सुन्ने होइन ,
डाटा हेर्ने, बिगतको डाटा ले के भन्छ ?
मुलुकको भविष्य हेर्ने …. हामी भोकै बस्छौ
कसैको सहयोग चाहिन्न भनेर उफ्र्ने कुरा भनेको
बेलुका क्वाटर खाएपछि गर्ने कुरा हो …
राँगाका सुकुटी चपाउँदै दिएको तथ्यहीन
राष्ट्रवादी गफलाई त रक्सीले मज्जाले पचाउला !
तर हाम्रो जस्तो निर्यात शून्य र आयात मा निर्भर, भएको भारत परिबेष्ठित मुलुक ले भबिष्यमा हुने दुर्घटनालाइ पचाउन सक्दैन…..
करोडपति कार्यक्रम जस्तो न यसमा लाइफ लाइन छ, न फोनो फ्रेन्ड छ, न प्रश्न परिवर्तन गर्न मिल्छ न पब्लिक पोल को नै अप्सन छ !
गेम क्बिट गर्न मिलेपनि हुन्थ्यो, त्यों पनि छैन
त्यसैले लिंग खुल्ने स्पष्ट नीति अंगीकार गरेर यथाशीघ्र निर्णय गर्नु मा नै राष्ट्रको भलाइ हुन्छ
मेरो निर्णय, मैले भोट हालेको सांसदले गर्नेछन् ।
सांसद भनेको मेरो प्रतिनिधि हो,
यस्को शाब्दिक अर्थ पनि त्यही हो ..
निर्णय उनीहरूबाट नै हुनु पर्छ
निर्णय सडक बाट होइन, सदनबाटै गर्ने हो
सडकले निर्णय गर्ने भए अर्बौं खर्च गरेर देशको ढुकुटी सकेर सांसदहरू छनोट गर्नुको के मतलब ?
अब प्रतिनिधि पठाएपछि उनीहरूलाई विश्वास गरौं, किनकि देश डुब्दा उनीहरू पनि उत्रने वाला त पक्कै छैनन् होला… त्यसैले मेरो निर्णय काठमाण्डू क्षेत्र नं ९ को सांसदले गर्ने गरेर जिम्मा दिएँ !!
जय नेपाल !!!
दीपकराज गिरी

०००
सबैभन्दा उचित मार्ग नै यही हो दाजु । जे भन्नुभयो – त्यो एक व्यक्तिको होइन, मुलुकको बोली हो । यो कुरा चित्त बुझ्यो ।
विजय अधिकारी

हसाउने मान्छेले सिरियस कुरा गरे यार !!सही कुरो … ।
प्रदीप खनाल

यो शब्द ले म पनि निसब्द भए , देशमा हामिले गलत मान्छेहरुलाई चुनेको नतिजा हो यो । हामि जनताले सहि लाई सहि गलत लाई भन्न सकेन भने नेपाल बेचेको हामी जनता लाई थाहा नै पाउदैन । अहिले सम्म जनताले सबै साम्सदको बिस्वाश गरि राखेकै थियौ हैनर ? देश मा राजस्व उठाउन नसक्ने अनि देश अर्थतन्त्र को लागी सधै बिदेशी सहयोग लिएर जनता गरिब बनाई राख्न भनेको गद्दार गर्नु हो झै लाग्छ! हामीले बिदेशी सहयोग को दुरपयोग गर्न खोजेको पक्कै हैन तर हाल सम्म नेपाली जनता ले पाएको दुख्ख को बारेमा भन्ने कस्ले बुझ्ने ? त्यस कारण जनता सडकमा उत्रेको हुन झै लाग्छ ।
रमेशकुमार श्रेष्ठ

एमसीसी पास गरौं भने भैगो नि सीधै ? किन घुमाउनु परो फेरो ? अनि अरि रह्यो जनप्रतिनिधि ले गर्ने निर्णयको कुरा यदि सबै चुनाव जित्नेले गर्ने भए हामी किन नेताको को खराबले देश बनेन भन्छौ उ पनि जितेर नै गको छ,चुनाब जित्नेलाई केही पनि नभनौ आखिर उ जितेर नै गको हो क्यारे ।
खेमराज अधिकारी

नेपालको परराष्ट्र नितिलाई लिङ्ग न खुलेको भन्दै गर्दा हजुरको भनाईको पनि कहि कतै लिङ्ग खुलेको पाईएन नि दीपकअधिकारि
गोपाल ज्ञवाली

भने पछि तपाई पनि एमसीसीको पक्षमा हुनुहुदो रैछ भन्नी स्पष्ट भयो यो लेखाइ बाट ।
गोपाल पोखरेल ठूले

सुन्दर कथन । नायक नायक नै हुने हो- नायकत्व त रहेछ ।
नेत्रनाथ पौडेल

बास्तबमा दीपक जि को भनाई प्रति मेरो बिमति छैन देशको आन्तरिक तथा बाह्य निति निर्माण गर्ने निकाय ससद र बनाउने भनेको सासद ले नै हुन मुलुकको ब्यबस्था फेरियो तर अबस्था भने झन कमजोर र बेथितिले गाजि सक्यो यसर्थ पनि जनप्रतिनिधि प्रतिको बिस्वसनिया गुमेको कारण सडकको तताउनु पर्ने बाध्यता आएको हुन सक्छ !
सन्ध्या शर्मा

कुरो गम्भीर ध्यानकर्षण गराउने खालको छ । हामीले अब नेताको भाषण सुनेर झुपडीमा बसेर थपडी मार्ने मात्रै हैन सबै कुरा बुझेर यो देश र माटोको लागी केहि बोल्नु पर्छ , जय देश ।
श्री पुष्प राजा

नेपालमा नेता र पत्रकारको ठुलो जमातलाई जनताले पत्याउन छाडिसके, उनिहरु पैसा र पावरका लागि जे पनि गर्छन । जनताका मर्म बुझेको भए र कुरा सुनेको भए नेतालाई भगवान मान्थे जनताले तर अब त नेताले जे गर्छन जनता र देश बिगार्ने काम गरे भन्ने भान पारेका छन ।
मुक्त गुरुङ

यहाँ घुमाउरो पारामा सबैजना एमसीसीको पक्षमा छन किनकि अहिले प्रायजसो हरेक घरबाट एकजना अमेरिकामा छन नभए पनि आफ्न्तहरु थुप्रै छन अमेरिकामा नेपालीको बाक्लो उपस्थिति छ ।थुप्रैलाई आफ्नतले पठाको आईफोन मन पर्छ भनेसि एमसीसी पनि मन पर्छ ।
तुलसी सापकोटा

अब,
तावा मा बसे पनि,
भुङ्रोमा खसे पनि,
उस्ता- उस्तै हो!
एमसीसी पास गर या नगर,यस्को केहि अर्थ छैन!
फरक,यत्ति हो पास गरे कानुनि हिसाब ले हस्तक्षेप हुने छ!नगरे,
कसरि हस्तक्षेप हुन्छ बुझे भैगो!
राजतन्त्र को विनाश,धर्मनिरपेक्षता पाठ किन रहेछ बुझियो त?
नबुझे,पख्नुस अझ धेरै घटना देख्न,सुन्न र घट्न बाँकि नै छ!
यि त सब ट्रेलर भन्छन नि त्यहि हो!
जयकृष्ण

यत्रो के लेखेको त ? के छ यसमा ? जाबो आफ्नो विचार पनि राख्न नसक्ने ?
गोले जनक

एमसीसी पास भए पनि नभए पनि हामी गरिव युवाहरु आखिर खाडिमै जाने हो क्यारे ।
सूर्य इन्टरटेनमेन्ट

सिधा मान्छेको सिधा कुरा भिखारीले भिख थाप्न आनाकानी गरे पछि ? मैले भने जसरी लेप्चे लाएर साक्षी राखेर लि नत्र तलाई बाँकी राख्दिन भन्ने कस्तो दानबिर हो या डाँकु हो ?
उज्ज्वल केसी

बाँझो जमिन फुटाउनुपर्छ बलिया पाखाभित्तामा घर बनाएर खेतियोग्य जमिनमा खेति गर्नुपर्छ सब सम्भव छ यहाँ ।
मुत्ने भाडोदेखि सुत्ने ओछ्यान
प्याजदेखि टमाटर सबैसबै परनिर्भर भएर देश कसरि बन्छ??????
आफ्नो उत्पादन बृदि गर्नुपर्छ सब सम्भव छ ।
एनबी शिवाकोटी

हैन यो भनाइले त सरासर के बुझिन्छ भने म चै एकसिसि को पक्ष मा छु अरू थाहा छैन भने जस्तो भयो अनि अर्को कुरा के पनि बुझियो भने मैले कमाएर ल्याएर घरमा दिने काम हो घरका ले जेसुकै गरून् भन्ने पनि बुझियो तर आफुले कमाएर ल्याएर दिएको धन सहि सदुपयोग गरेर घर खर्च चलाको छन कि छैन्न के गर्छन पैसा भनेर यदि सोचिएन र बुझिएन भने भोलि उनी हरू कुम्लो कसेर एकतिर हिन्दिन्छन अनि डुव्ने भनेको आफू मात्रै हो उनी हरूत अन्तै तैरिएर उत्रिसकेका हुन्छन बेलैमा सबैको सोच खुलोस ।
मनोजकुमार बस्नेत

राम्रो होला या नहोला तर एमसीसी पास हुन्छ नै यसमा कुनै शंका छैन , किनकि कागजको पाना मा मात्र हो हाम्रो देश सार्बभौम सम्पन्न स्वतन्त्र मुलुक । शासक , संसद सबै बिकाउ , बेइमान छन र मानौँ हाम्रा माननिय ज्यु हरु सबै देशभक्त भन्दा पनि नुनका सोझा हुन् । कूटनीति के , परराष्ट्र नीति के परम्परा , कानूनी राज्य ब्यबस्था र मुलुक को शासन प्रणाली के यसको कुनै अर्थ छैन । मेरो प्रतिनिधि मेरो क्षेत्र को सांसद उनले जे गर्छन् त्यहिनै मेरो सोच भन्नु गैर जिम्मेवार र अदुर्दर्शी सोच मात्र हो , किनकि हाम्रा सांसद केबल हात जोडेर भोट माग्न र जितेपछी जनता को सोच र चाह ले भन्दा पनि अन्तै बाट परिचालित हुने र देश र जनता को लागी भन्दा नि अरुकै लाई काम गर्नै , सहिछाप गर्नै प्रवृत्ति का हुन् तसर्थ उहाँहरू ले कहिल्यै पनि जन उत्तरदायित्व वहन गर्दैन भन्ने पक्का हो तथापी दीपक राज गिरी को यो भनाइ र सोच को पनि आम नागरिक लाई कुनै औचित्य राख्दैन । सार्बजनिक रुपमा सबैले लेखेको ले मात्र हो ।
अशोक कुमार

भिक्षा माग्नेले कटौरा किन लुकाएको? सिधा म एमसीसी को पक्षमा छु भने हुन्छ नि । सबै सांसद तपाएमसीसीईंको काठमाडौंकै जस्तै नहोलान् । म मैले चुनेको सांसद लगाएतकालाई विश्वास गर्न सक्दिन ।
नवराज समरी

आफै लिङ्ग नखुलेको कुरा गर्दै छौ त साथी ? सिधा-सिधा मेरो समर्थन भन्न सक्नु पर्दैन ? अरुलाई भनेर हुन्छ ??
विकास शाही

एउटा कुरा सही हो ढुल्मेले नीति ले विश्व इतिहास मा कुनै पनि देस ले प्रगती गरेको छैन कि वार कि पार को नीति चाहिन्छ नत्र उहीँ बिरता को गाथा गाउने बस्ने मात्र हो ।
रवि खनाल

हाँस्य कलाकार झै प्रस्तुत हुनुको अर्थ छैन यो जटिल घडिमा! गुदि भएको कुरा गर! आफ्नै लिंग खुलाएर कुरा गर! नत्र अर्को मुभिको तयारिमा लाग जिब्रो नचपाउ!
मनीष तिवारी

नो एमसीसी,
देश र जनताले पुनःद्वन्द निम्त्याउन चाहदैनन ।
प्रकाश थापा

दीपकराज गिरीलाई एमसिसी चाहिन्छ तर निर्णय गर्ने अधिकार तपाईँको क्षेत्रको सांसदलाई दिनु भो ! यहि हैन!
साँसदलाई छान्न दिईसकेपछि ऊनले जे निर्णय भए पनि स्वीकार्य हुनु पर्यो नि सडकबाट कराऊनु हु्न्न भन्दै आँफै कराऊँदै गर्नु भो दीपक जी!
विनोद

एमसीसी पास नगरी सुखै छैन. सबै राजनितीक दलहरुको लागि गलपाँसो भएको छ एमसीसी यदी पास नभएको खण्डमा आक्रोसित अमेरिकाको दलाल सँस्थाहरु ADB,IMF, WB हरु लगाएत JICA, DFID, USAID हरुले असहयोग गर्दै आर्थिक कटाैती गर्दा नेपालको अर्थतन्त्रमा थप चुनौती ऊत्पन्न हुने प्राय निश्चित छ ।
जनकराज रुवाली

हैट,
प्रतिनिधिलाई सबै जिम्मा दिएर नै देशको यस्तो हालत भएको हो !
ख्याल गर्नुहोला,
तपाइका आफ्ना मुद्दा र विचार बोकुन्जेल त्यो तपाईंको प्रतिनिधि हुन्छ,
त्यो छोडेका दिन त्यो दलाल हुन्छ !!
माधवराज न्यौपाने

काका हाम्रो पर राष्ट्रिय नीति ठिक छ ,विश्व कै उत्कृस्ट छ , तर नेता हरु ठिक भयेन , या गल्ती हाम्रो नीति मा होइन , नेता मा अनि नेतृत्व मा छ । बर्तमान नेतृत्व ले यो देश को राजनिती गर्न सक्दैन ,कुनै हालत मा सक्दैन अनि दोश नीति ,सम्बिधान र ब्येवास्था लाई दियेरा काम छैन ।
अजय शर्मा

अब ढिला भैसक्यो , किन्तु परन्तु नभनि पास गर्ने , कसैको चित्त दुखे संयोगमात्रै हुनेछ धन्यवाद लेख्ने पास गर्ने ।
यज्ञ थापा

एमसीसी को हाउगुजी देखाएर भोट सङ्कलन गर्न सकिन्छ कि भन्ने दाउमा कम्युनिस्ट । सत्तामा हुँदा इन्डोर्स गर्ने अहिले अर्कै कुरा । भिम रावल मन्त्री हुँदा पढ्न जान्ने भएका थिए कि थिएनन की चिनियाँ भाषा पढेपछि मात्र बुझ्न सकिने हो एमसीसी । चिनियाँ हस्तक्षेप बन्द गर ।
गंगासागर शर्मा गौडेल

सन्तुलित बचार छ दीपक दाइ !?
एमसीसी देश बिकास र अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारको कोषेढुङ्गा साबित हुने निश्चित छ तेसैले कम्युनिस्ट स्कुलिङ्गले दिमागी तार चुडिएकाहरु मात्र एमसीसीको बिरोधमा छ्न!! बिकासबिद, अर्थसाश्त्री , पुर्बाधारबिद, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता , भुराजनिती, कुटनिती बिज्ञ, बिकासप्रेमी जनसमुदाय कसैले पनि एमसीसीको बिरोध गरेको छैन । गरिबी, असिक्षा,बेरोजगारी …लाई भजाएर लुटि खान पल्केकाहरु मात्र एमसीसी बिरोधि छ्न । सबैले सोचौं ।
डानियल शिरपाली

एमसीसी पास नभए अमेरिका जान पाइदैन कि भन्ने चिन्ता बढ्यो जस्तो छ तपाईंलाई तपाईंको घुमाउरो भनाइ एमसीसी को पक्षमा छ जय होस तपाईंको पनि ।
दीपक भण्डारी

यो डाम्नो पनी एमसीसी कै पक्षमा देखियो ।
यस्तालाई के भन्नु !
मोहन सुब्बा

त्यै सदनले गरेको निणय महाकाली भारतलाई दिने निणयलाई के भन्नुहुन्छ??उनिहरुले भनेजस्तो आज महिनाको अर्बौ आएको छ त? के पायो नेपालले ?
मदन ज्ञवाली

दीपकराज गिरिजी , मैले दिएको सहयोग लिइनस भने तलाइ पख ! भन्ने पनि सहयोग हुन्छ र ? त्यो त एउटा कर्मचारीले हस्ताक्षर गरे भैगो नि !!
भानुभक्त दाहाल

दुनियाँमा कहीँ छैन कि धम्की दिएर सहयोग गर्ने । सहयोग हो भने धम्की किन ? तसर्थ यो अमेरिकाको साम्राज्यवादी चिन्तनक‍ो उग्र रूप हो भने नेपाली नेताको दास मानसिकता हो । भारतसँग मिलेर चिनसंग मुकाबिला गर्ने मैदान नेपाल बन्दैछ । तसर्थ नो एमसीसी
कृष्ण गाउँले

यहाँ एमसीसीको बारेमा बुझ्ने २ प्रतिशत होलान् ।उनीहरू चुप छन् ।बाकी हावा तालमा छन् । एम सी सी बुझ्न राजा वीरेन्द्रको समय देखि पाना पल्टाउनु पर्दछ भनेर विजय कुमार पाण्डे ले भनिसके ।मिनेन्द्र रिजाल ले हाम्रो परराष्ट्र नीति आन्तरिक राजनीति छर्लंग पारे । नबुझी नदुगरौ कतै पनि ।
न्यौपाने सन्तोष

कुरा सही हो सडक ले गर्न भए चुनाव की गर्न एमसीसी होस अरु केही होस त्यसको छिनो फानो हामी ले भोट दिएर पठाएको मान्छे ले नै गर्न हो हामी विश्वास पनि गर्नु पर्छ भोट दिने बेला उसलाई राम्रो भनेर दिने अनि अहिले आएर यस्तो गरो यस्तो गरो भनु उचित नहोला भोट दिने बेला नै सोच्ने कुरा हो यो मान्छे कस्तो छ भनेर सबै को जय होस् ।
विष्णु

मेरो निर्णय म आफै गर्छु नो एमसीसी ।जे जे गर्छौ गर देश बचाउ । देश बेचन पाइदैन । राष्ट्र भन्दा ठूलो अरू के हुन्न यस्तै सहयोग कुनै देशबाट आये नि लिनौ जय नेपाल!!!
दानी नाथ

स्याल कराए जस्तै,हुट्टीटयांऊ ले ट्यांऊ-ट्यांऊ गरे जस्तै गरी राख्ने भए संसद के को लागि ?
संसद मा पेस गर्नुहोस् राख्नुहो भने राख, फाल्नु हो भने फाल, यस वा नो छिट्टै गर्नुहोस् बर्षौंसम्म एउटैको पछि लागे बिकास कहिले गर्ने हौ ??
नारायण खड्का

जनप्रतिनिधि लाई निर्णय गर्ने अधिकार छ,
तिनैलाई एम सी सी को बारेमा निर्णय गर्न दिउँ भन्ने पनि धेरै छन !
तर, प्रतिनिधिलाई सबै जिम्मा दिएर नै देशको यस्तो हालत भएको हो !
ख्याल गर्नुहोला,
तपाईंका (जनताका) आफ्ना मुद्दा र विचार बोकुन्जेल त्यो तपाईंको प्रतिनिधि (जनप्रतिनिधि) हुन्छ,
ती छोडेर अरुकै मुद्दा र विचार बोकेका दिन त्यो दलाल हुन्छ !!
चुनाव आउदैछ, एम सी सी को एजेण्डा लिएर घोषणापत्र जारी गर्नुहोस,
जित्नुहोस र पारित गर्नुहोस !!!
एम सी सी एजेण्डा नभएको चुनाव जितेर,
एम सी सी पारित गर्न हामी जनप्रतिनिधि भन्न पाइदैन !!!
माधवराज न्यौपाने

बुझ्नीलाई ईशारा काफी छ भनेजस्तै छ यो स्टाटस मं पुरै सहमती छु सम्पुर्ण बुंदाहरुलाई सम्बोधन गर्दै कानुन मान्नी हिसाबले एमसीसी पास गर्दा फरक पर्दैन यस्ले धेरैलाई कमाई खानी बाटो बनाएको छ मं चाहान्छु यस्लाई कि वार कि पार छिटै गर्नुपर्यो जय नेपाल ।
अन्जना ढकाल

एमसीसी अनुदान हैन,लगानी हो
अमेरिकाको बिजनेस र चीनसँग को प्रतिस्पर्दालाई जित्न नेपाल लाई विकल्प को रूप मा प्रयोग गरिएको योजना हो । भ्रम मा नपरौं ।
बलराम केसी

काम भन्दा हल्ला बढी हुने मेरो देश अनि फुर्सदिला नेपाली र फेसबुके विद्वान भएपछी के चाहियो र ?
प्रकाश अधिकारी

  • एमसीसी सही हो कि गलत ?
  • तिम्रो पाटीले पास गरे गलत हो, मेरो पाटीले पास गरे सही हो !
  • थोत्रा बोतल खाली सिसी सही हो कि गलत ?
  • इण्डियन भैयाले उठाए सही हो, नेपाली दाजुभाइले उठाए गलत !
  • भरी सिसी सही हो कि गलत ?
  • तिमीले किनेर खुवाए सही हो, मैले आफै किन्न परे गलत !
  • तिमी को हौ ?
  • म नेपाली जनता !
  • पक्का ?
  • जाम हिंड एक एक सिसी लगाम अनि था हुन्छ ।
    गौतम

केही कुरा ठीक होला तर चुनाव बाट आएका प्रतिनिधि ले गलत निर्णय गरेमा सहि भन्नू गलत ! चारकोष पारिको अमेरिका भन्दा छिमेकी चिन नै चाहिन्छ हामीलाई हैन भनेत देश दक्षिणतिर गुलाम भइसकेको हुने थियो ।
शंकर केसी

तपाईंको विचार घुमाउरो पारामा अमेरिकालाई चिडाउन हुन्न भन्ने आयो है ।
वसन्त भुसाल

प्रतिक्रिया