चौबीस घण्टामा एक हजार ८२६ डिस्चार्ज, ८ सय ३६ जनामा कोरोना

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम हुँदै गएको छ । गत चौबीस घण्टामा थप १ हजार ८२६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६ दशमलव १ प्रतिशत छ ।
त्यस्तै, चौबीस घण्टामा नेपालमा नयाँ संक्रमित ८ सय ३६ जना थपिएका छन् । कुल ६ हजार ६ सय ५४ जनामा नमुना परीक्षण गरिएकामा ८ सय ३६ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जना र २ हजार ३९४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३४५ जना गरी ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल २६ हजार १०२ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८ सय ८२ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर जम्मा २ लाख ८८ हजार ८३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया