माधवको समाजवादी आजबाट देशभर एमसीसीविरूद्ध प्रदर्शनमा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देशभर एमसीसी सम्झौताविरूद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सत्ता गठबन्धनको प्रमुख दल समाजवादीले नै एमसीसीविरूद्ध आज देशभर प्रदर्शन गर्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसी टेबुल गर्न दबाब दिइरहेको समयमा समाजवादी सडकमा देखिने भएको हो । माधव नेपाल नेतृत्वको समाजवादीले एमसीसी टेबुल गर्न नहुने माग राख्दै आएको छ । माधव नेपालले पनि एमसीसी संशोधन गरेर् मात्र संसद्मा लैजानुपर्ने धारणा राखिरहेका छन् ।
नेपाली कांग्रेसले भने सभामुख सापकोटालाई संसदमा एमसीसी टेबल गर्न दबाब दिइरहेको छ । नेपाली कांग्रेस एमसीसी टेबुल गर्नुपर्नेमा स्पष्ट छ । कांग्रेसका सबै उच्च तहका नेता एमसीसीको पक्षमा खुलेका छन् । उनीह?ले एमसीसी टेबुल गर्न सभामुखलाई आग्रह गरिरहेका छन् ।
एकीकृत समाजवादी निकट जनवर्गीय संघठनहरूले आइतबार एमसीसी सम्झौताविरूद्ध माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछन् । एकीकृत समाजवादीको ललितपुर जिल्लाका जनवर्गीय संगठनहरूले आइतबार एमसीसी सम्झौतावि?द्ध दिउसो एक बजे विरोध प्रदर्शन गर्दैछन् । विरोध कार्यक्रम लगनखेल चोकमा गरिने जनाइएको छ ।
एकीकृत समाजवादीको भक्तपुरका जनवर्गीय संगठनहरूले पनि आइतबार नै एमसिसीवि?द्ध विरोध प्रदर्शन गर्ने भएका छन् । सूर्यविनायक चोकमा विरोध कार्यक्रम गरिने एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया