प्रतिनिधिसभा बैठक दुई दिन पर सर्यो
नेपालखोज
२०७८ फागुन १ गते १२:४९

काठमाडौं । प्रतिनिधि सभाको बैठक सरेको छ । फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको हो । संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार भेटवार्ता भएको थियो । बैठकमा प्रमुख विपक्ष नेकपा एमालेका कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो ।
छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी फागुन २ गते निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ गते निम्ति प्रस्ताव गरेको स्वकीय सचिव गंगा दाहालले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया