दीपककुमार कार्की बने कामु प्रधानन्यायाधीश
नेपालखोज
२०७८ फागुन १ गते १३:५३

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वतः निलम्बनमा परेपछि कार्की का.मु प्रधानन्यायाधीश बनेका हुन् ।
कार्कीले संवैधानिक परिषद्, न्याय सेवा आयोग र न्यायपरिषदको पनि का.मु अध्यक्ष भएर काम गर्न पाउने बताइएको छ । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतमका आधारमा न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम हुने व्यवस्था छ ।
संविधानको धारा १०१ को ६ अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।
सम्बन्धित

प्रतिक्रिया