आज सर्वदलीय बैठक, महाअभियोग प्रस्ताव र संसद् अवरोध विषयमा छलफल गरिने
नेपालखोज
२०७८ फागुन २ गते १०:३६

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख सापकोटाले दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बोलाएका हुन् ।
संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।महाअभियोग प्रस्ताव दर्तापछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएको जनाइएको छ ।
सर्वदलीय बैठकमा एमालेले गर्दै आएको संसद अवरोध खुलाउने विषयमा छलफल हुनेछ । यस्तै महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा पनि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया