सुकेटार विमानस्थल पुनः सञ्चालनमा
नेपालखोज
२०७८ फागुन २ गते ११:२०

काठमाडौं । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।
मौसम अनुकूल भएसँगै पूर्ववत तालिकाअनुसार उडान भएकोे नेपाल वायुसेवा निगम ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । निगमका जहाजले काठमाडौंबाट १४ यात्रु ताप्लेजुङ ल्याएको छ भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौं पुगेको उनले बताए ।
विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया