शनिबार, जेठ ४, २०८२

उपत्यकामा खानेपानीको बिल खल्तीबाट यसरी तिर्नुस् !

नेपालखोज २०७८ फागुन २ गते १३:३०

काठमाडौं । उपत्यकाबासीले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अनलाईन सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट तिर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने बाध्यता सधाकाे लागि अन्त्य भएको छ ।

समयमा बिल भुक्तानी नगर्दा जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको हो । त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । सेवाबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको यो सेवा उपत्यका बासिन्दाले वर्षौ देखि पर्खि आएका छन् र सेवालाई हामीले डिजिटल रूपमा दिन पाउँदा धेरै उत्साहित छौ ।’

‘खल्ती’बाट उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ । नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिनेछ । खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी गरि ६०००० सेवाको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ ।

विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्तालाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ ले योगदान दिँदै आएको छ ।

प्रतिक्रिया