एमाले संसदीय दलको बैठक जारी, महाअभियोगको प्रतिवाद गर्ने निर्णय हुँदै

नेपालखोज २०७८ फागुन २ गते १२:३६

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक संसद भवन सुरू भएको छ । बानेश्वरमा जारी बैठकले प्रधानन्यायाधीशविरुद्ध आएको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गर्नेछ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका प्रमुख तीन पार्टीले महाअभियोग दर्ता गराएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीेले प्रधानन्यायाधीशलाई महाअभियोग दर्ता गराएपछि नेपाली राजनीतिक तरंगित बनेको छ । नेकपा एमालेले पास नै नहुने महाअभियोग किन ल्याएको भनेर गठबन्धनलाई प्रश्न गरिरहेको छ ।

आइतबार मात्र बसेको एमाले सचिवालयको बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । आज जारी बैठकले आइतबारको सचिवालय बैठकको निर्णयलाई अनुमोदन गर्नेछ । एमाले प्रधानन्यायाधीशलाई महाअभियोगबाट हटाउन हुँदैन भनेर प्रष्ट छ । उसले गठबन्धनको महाअभियोगलाई चुनाव नगराउने रणनीति अन्तर्गत ल्याइएको हतियार भएको संज्ञा दिएको छ ।

प्रतिक्रिया