प्रधानन्यायाधीश सबै मिलेर हटाऔं, एमसीसी चाँडो पास गरौं : गगन थापा

नेपालखोज २०७८ फागुन २ गते १५:४२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई लागेको महाअभियोग सही भएको बताएका छन् । बनेपाको एक कार्यक्रममा आज नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले जबराविरुद्धको महाअभियोग प्रस्ताव सही भएको बताए ।

महाअभियोग आवश्यक रहेको उनले स्पष्ट पारेका छन् । उनले न्यायलयमा रहेको गतिरोध अन्त्यको लागि पनि यो कदम सही भएको बताउ । उनले भने, ‘उहाँमाथि संगीन आरोप लागेकोले सहज बहिर्गमनको लागि अनुरोध गरेका थियौं, न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो ।’

महाअभियोग पास हुने नहुनेबारे यसै भन्न नसकिने भन्दै उनले यसबारे संसद्ले नै निर्णय गर्ने बताए । एमसीसीबारे अनावश्यक छलफल भएको भन्दै उनले छिटो भन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताए । उनले एमसीसीमा जनता विभाजित नभएको विभाजित पारिएको स्पष्ट पारे ।

प्रतिक्रिया