चौबीस घण्टामा थपिए ७ सय ४७, २ हजार ३१९ जना डिस्चार्ज

नेपालखोज २०७८ फागुन २ गते १६:५५

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम हुँदै गएको छ । गत चौबीस घण्टामा २ हजार ३१९ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ४० हजार ९०२ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६ दशमलव ६ प्रतिशत छ ।

त्यस्तै, चौबीस घण्टामा नेपालमा नयाँ संक्रमित ७ सय ४७ जना थपिएका छन् । कुल ८ हजार ६९६ जनामा नमुना परीक्षण गरिएकोमा ७ सय ४७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४९२ जना र २ हजार ४१७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६५ जना गरी ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल २० हजार ७३९ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९ सय पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर जम्मा २ लाख १६ हजार ११८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया