कांग्रेस निकट कर्मचारी युनियनको महाधिवेशन हुँदै

नेपालखोज २०७८ फागुन २ गते १७:४६

काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । युनियनको सम्पन्न बैठकले महाधिवेशन काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

युनियनले गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना संक्रमणका कारण उक्त महाधिवेशन स्थगित भएको थियो । युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्यमापदण्ड अपनाएर फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न लागिएको युनियनका उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए ।

उपमहासचिव फुँयालले माघमा नै महाधिवेशन सम्पन्न गर्ने बैठकअनुसार काम अगाडि बढाइएकाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

प्रतिक्रिया