एमसीसी अनुमोदन गर्ने रणनीति बनाउँदै कांग्रेस, संसदीय दलमा छलफल जारी

नेपालखोज २०७८ फागुन ३ गते ११:१६

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी छ । कांग्रेसले संसद्मा एमसीसी टेबल गर्ने निर्णय लिनसक्ने बताइएको छ । सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट प्रधानन्यायाधीशविरुद्धको महाअभियोग संसद सचिवालयमा दर्ता गराइएको छ ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुने भएको छ । सोमबार बसेको एमालेबिनाको सर्वदलीय बैठकले संसद् खुलाउन पहल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया