सभामुखलाई कांग्रेस बैठकबीच देउवाको फोन- प्रतिनिधिसभा बैठक चल्नुपर्छ, एमसीसी पास गर्नुपर्छ

नेपालखोज २०७८ फागुन ३ गते १२:१९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर एमसीसी पास गर्ने वातावरण बनिसकेको बताएका छन् । देउवाले सापकोटालाई संसद् बैठक बस्ने वाताारण बनाउन आग्रह गरेको बुझिएको ।

देउवा एमसीसी पास गरेर् छाड्ने रणनीतिमा थिए । यसअघि माघ १६ र माघ २६ गतेको प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । सरकारले यसअघि नै सापकोटालाई एमसीसी टेबुल गर्न भनिसकेको थियो । तर सभामुखले देउवाको कुरामा खासै चासो देखाएका थिएनन् ।

परामर्श समितिको बैठक बोलाएर संसद बैठक बस्ने वातावरण बनाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरे । कांग्रेस संसदीय दलको जारी बैठकबीच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधबार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपनि संसद बैठक सञ्चालन गर्नुपर्ने पक्षमा रहेका छन् । सरकारले एमसीसी टेबुल गर्ने तयारी गरिसकेको छ ।

प्रतिक्रिया