एमसीसी पास गर्न देउवालाई माधव-प्रचण्डको ग्रीन सिंग्नल : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी पारित गर्न सहयोग गर्ने आरोप लगाएका छन् । सामाजिक सन्जालमार्फत आज बाँस्कोटाले अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ग्रीन सिंग्नल दिएको आरोप लगाए ।
उनले प्रचण्ड र माधव नेपालले एमसीसी ध्वनी मतले पारित गर्ने ठोकुवा गरे । प्रचण्ड र माधवले सदनमा एमसीसी पारित गर्ने र सडकमा मसाल जुलुस गरी विरोधको नाटक समेत गर्ने गरेको उनले बताए । उनले देउवाले सय दिनमा चुच्चे नक्शालाई बुच्चे बनाएको आरोप समेत लगाए ।
बाँस्कोटाले भने, ‘देउवाले सयदिनमा चुच्चे नक्शालाई बुच्चे बनाए । अब पुष्पकमल र माधवले हप्तादिनमा एमसीसी सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायरसहितको मशाल जुलुस गरी खारेज गर्छन । त्यसपछि राष्ट्रवादको नयाँ भाष्य निर्धारण हुन्छ । रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो ।’

प्रतिक्रिया