‘एमसीसी समर्थक र विरोधी एउटै गठबन्धन तथा सरकारमा बस्न मिल्दैन’

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरूलाई सरकारबाट हट्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । अध्यक्ष भट्टराईले सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट नहुने जनाएका छन् ।
भट्टराईले एमसीसीलाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन तथा सरकारमा बस्न नमिल्ने उल्लेख गरेका छन् ।
डा. भट्टराई ट्वीटरमा लेख्छन्, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन ! सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुँदैन । भेडा भेडासंँग बाख्रा बाख्रासँग हुनु राम्रो !’

प्रतिक्रिया