बिहीबार, जेठ ३, २०८१

रहेनन् प्रसिद्ध संगीतकार ‘बप्पी दा’

नेपालखोज २०७८ फागुन ४ गते ९:३५


मुम्बई । संगीतकार बप्पी लाहिरीको आज (बुधबार) निधन भएको छ । उनको मुम्बईको एक अस्पतालमा निधन भएको हो । उनी ६९ वर्षका थिए । डिस्को संगीतलाई भारतीय मूलधारमा लोकप्रिय बनाउने प्रसिद्ध गायक लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उनले १९८०–९०को दशकमा उनले ठूलो सफलता प्राप्त गरेका थिए । डिस्को डान्सर, नमक हलाल, डान्स डान्स, कमाण्डो जस्ता फिल्ममा काम गरेबापत उनले ‘डिस्को किङ’ उपाधि जितेका थिए ।

२०२१ मा, गायकलाई कोरोना भाइरसका लागि सकारात्मक परीक्षण गरेपछि सावधानीका रूपमा ब्रिच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अस्पतालमा रहँदा उनको मृत्युको अपवाह फैलाइएको थियो । लाहिरीले एक इन्स्टाग्राम पोस्टमा यी रिपोर्टहरूको खण्डन गर्दै लेखे, ‘केही मिडिया आउटलेटहरूले मेरो र मेरो स्वास्थ्यको बारेमा गलत समाचारहरू फैलाइरहेका छन्, जुन सुन्दा मेरो मन दुख्छ । मेरा फ्यान र शुभचिन्तकहरूको कृपाले म पूर्ण रूपमा स्वस्थ छु ।’

भारतीय संगीत उद्योगमा बप्पी दाका रूपमा लोकप्रिय, लाहिरी १९७०-८० को दशकको अन्ततिर चल्ते चल्ते, डिस्को डान्सर र सराबीजस्ता धेरै चलचित्रमा प्रतिष्ठित गीत प्रस्तुत गरेकाले परिचित छन् । बप्पी लाहिरी ती गायकहरूमध्ये एक हुन् जसले भारतलाई डिस्को विधामा परिचय गराए ।

उनी आफ्नो अनौठो पोसाक र सुनका गहना लगाएका कारण पनि परिचित थिए । लाहिरीका श्रीमती, एक छोरा बप्पा लाहिरी र छोरी रेमा लाहिरी र नातिनातिना छन् ।

प्रतिक्रिया