माओवादी संसदीय दलको बैठकले एमसीसी कसरी अनुमोदन गर्न सकिन्छ भन्ने धारणा बनाउँदै ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएकाे छ । आजकाे बैठकले एमसीसीबारे निर्णय गर्ने जनाइएको छ ।
बिहान ८ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो । संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताउँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीबाट ब्याक नहुने स्पष्ट भइसकेको छ ।
यस्ताे अवस्थामा सरकारमा रहेकाे पार्टीले कसरी समर्थन गर्न सकिन्छ भनेर धारणा बनाउने छ । देउवाले सहयाेग नगरे गठबन्धन भत्किने चेतावनी दिइसकेका छन् । गठबन्धन चुनावसम्म कायम रह्नुपर्ने धारणा राख्दै आएका अध्यक्ष प्रचण्ड गठबन्धन भत्किने डरले एमसीसी अनुमाेदन गर्न सहयोग गर्ने बताइएकाे छ ।
संसद सचिवालयले बुधबार जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । प्रधानमन्त्री र कानुनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका थिए । संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।
समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी राख्ने सम्भावना छ ।

प्रतिक्रिया