आइतबार, जेठ ५, २०८२

नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एक तोला सुन

नेपालखोज २०७८ फागुन ४ गते १२:०१

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआरको गुन, एक तोला सुन’ अन्तगत एक तोला सुन उपहार पाएका छन् ।

बैंकको आदर्शनगर शाखामा आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिवराम मिश्रले एक तोला सुन उपहार केसीलाई हस्तान्तरण गरेका हुुन् । हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस वीरगन्ज शाखाका शाखा प्रबन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रबन्धक रामबाबु कुमारलगायत बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

कार्यक्रममा उपहार विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहार स्वरूप सुन पाउँदा आफूलाई धेरै खुसी लागेको तथा आफ्ना साथीभाइ, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाउने बताए । त्यसैगरी नेपाल बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख मिश्रले उपहार विजेतालाई बधाई दिँदै बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए । उनले प्रभावकारी ग्राहक सेवा दिन बैंक प्रतिबद्ध रहेको पनि बताए ।

नेपालभर २१३ शाखा, १४८ एटीएम र ४९ एक्सटेन्सन काउन्टरलगायत करिब २५०० कर्मचारीबाट बैंकिङ सेवा प्रदान गरिरहेको बैंक नेपालको स्वस्थ र सबल बैंकका रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्र रूपमा व्यवसाय बिस्तार गर्न सफल बैंकप्रतिको विश्वासका कारण नेपाल बैंक सबै पुस्ताका नेपालीको प्रमुख रोजाइको बन्न पुगेको दाबी बैंकले गरेको छ ।

प्रतिक्रिया