चौबीस घण्टामा १६ सय जना डिस्चार्ज, निको हुने दर ९७ प्रतिशत

नेपालखोज २०७८ फागुन ४ गते १७:३८

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम हुँदै गएको छ । गत चौबीस घण्टामा १ हजार ६ सयजना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ४४ हजार ३३७ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६ दशमलव ९ प्रतिशत छ ।

त्यस्तै, चौबीस घण्टामा नेपालमा नयाँ संक्रमित ६ सय ३९ जना थपिएका छन् । कुल ९ हजार ७ सय ५६ जनामा नमुना परीक्षण गरिएकामा ६ सय ३९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ४५४ जना र २ हजार ९७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जना गरी ६ सय ३९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल १८ हजार २५१ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९ सय ५ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर जम्मा २ लाख १४ हजार १०३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया