चौबीस घण्टामा १९ सय ९३ डिस्चार्ज, ५ सय ७० जना संक्रमित

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम हुँदै गएको छ । गत चौबीस घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६ दशमलव ९ प्रतिशत छ ।
त्यस्तै, चौबीस घण्टामा नेपालमा नयाँ संक्रमित ५ सय ७० जना थपिएका छन् । कुल ९ हजार ७ सय ८९ जनामा नमुना परीक्षण गरिएकामा ५सय ७० जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जना र २ हजार ७६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जना गरी ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल १६ हजार ६१६ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९ सय ११ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर जम्मा १ लाख ६४ हजार ४७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया