बलात्कारी युवालाई कारवाही गर्न माग

नेपालखोज २०७८ फागुन ५ गते १७:०१

काठमाडौं । कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारीका राजपुतले आफूमाथि भएको बलात्कार मुद्दामा अदालतले आरोपितलाई सफाई दिएकोमा आपती जनाएकी जनाएकी छन् । काठमाडौंमा आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजपुतले आफुलाई बलात्कार गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाई दिएर आफुमाथि अदालतले अन्याय गरेको दुःखेसो पोखेकी छन् ।

निहारिका राजपुतले राज्यले आफुलाई न्याय नदिए आत्महत्या गर्नेसमेत चेतावनी दिईनु् । उनले साथीले बोलाएर घरमा गएको बेला आफुलाई जुस खुवाएर अचेत बनाएर साथीको दाजु शिवराजले बलात्कार गरेको स्मरण गराईन् ।

आफुले केही नखोजेको भन्दै युवकले सजाय पाएमा मात्र आफुलाई न्याय मिल्ने उनको भनाई थियो । उनले भनिन,‘मैले युवकसँग अरु केही मागेको छैन्, उसले सजायमात्र पाउनुपर्यो अरु केही चाहिँदैन् । मेरो ईज्जत त गईसक्यो, अरु के बाँकी छ र ?’

उनले आफु कुनैपनि हालतमा नमर्ने र सरकारलाई न्याय दिन बाध्य बनाउनेसमेत जिकिर गरिन् । उनले भनिन्,‘एउटा शिवराजलाई मार्न पाए धेरै शिवराज डराउँछन् ।’बच्चा पेटमा भएको २ महिनादेखि प्रहरी कार्यालयमा जाँदापनि आजसम्म न्याय नपाएको उनको भनाई थियो । बल्लबल्ल ३ महिनापछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको र मुद्दा दर्ता भएपछि केटा फरार भएको उनले बताईन् । उनले डेढ वर्षपछि भदौमा आरोपित युवा पक्राउ परेपनि जिल्ला अदालत धनुषाले सफाई दिएको भन्दै आपत्ति जनाइन् ।

प्रतिक्रिया