सत्ता गठबन्धनका नेताबीच बालुवाटारमा छलफल

नेपालखोज २०७८ फागुन ५ गते १८:१०

काठमाडौं । विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) को विषयमा टुंगो लगाउन सत्ता गठबन्धनका नेता छलफलमा जुटेका छन् । सत्ता गठबन्धनका पाँच दलका नेताहरु सहभागी बैठक यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

आजको बैठकले एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको छ । आजको छलफल पछि सत्ता गठबन्धनको भविष्य पनि तय हुनेछ ।

अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी पास गर्न समय दिएकाले प्रधानमन्त्री देउवा तत्कालै संसदमा पेस गर्ने पक्षमा छन्। तर माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताएका छन् । गठबन्धनका नेताहरुबीचकै मतभेत अन्त्य गर्नका निम्ति अहिलेको बैठक बसिरहेको छ ।

जसमामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी छन् ।

प्रतिक्रिया