सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने सरकारको लक्ष्य

नेपालखोज २०७८ फागुन ५ गते १८:४०

काठमाडौं । सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२६ सर्वजनिक गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ मन्त्रालयले सर्वजनिक गरेको हो ।

रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताइन् ।

उनले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धी सेवामा समावेशी, समतामूलक तथा पहुँच योग्य बनाउन सहयोग पुग्ने बताइन्। राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिकसँग आजदेखि कार्यान्वयनमा पनि आएको उनले बताइन् ।

सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताइन् । उनले रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यमा सुधार ल्याउने, एचआईभी संक्रमण न्युनिकरण ल्याउने लक्ष्य लिएको बताइन् ।

प्रतिक्रिया