नेपालका लागि सर्वाधिक गोलकर्ता खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी
नेपालखोज
२०७८ फागुन ५ गते १८:५१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् । खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाणपत्र नक्कली रहेको बताइएको छ ।
उनको प्रमाणपत्र नक्कली भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले नक्कली प्रमाणपत्र प्रकरणका खड्कालाई दोषी ठहर गरेको हो ।
विशेषको फैसलाको थप विवरण आउन भने बाँकी छ । उनलाई ५ हजार रुपैयाँ जरिवानाको अदालतबाट आदेश भएको छ ।
खड्का नेपालका लोकप्रिय खेलाडी हुन् । उनले नेपालको लागि १३ गोल गरेका छन् । यो नेपालबाट अन्तर्राष्ट्रिय खेलमा गरेको सर्वाधिक गोल संख्या हो ।
सम्बन्धित
प्रतिक्रिया