ओली-देउवा छलफलमा, ओली गुहार्न देउवा बालकोट पुगेको प्रचण्डको सचिवालयको आरोप

नेपालखोज २०७८ फागुन ५ गते २१:०५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बिहीबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलको बैठकमा सहमति नजुटेपछि उनी बालकोट पुगे ।

फागुन १६ गते एमसीसी अनुमोदन गर्ने प्रतिवद्वता गरेकाले उनी पछिल्लो समय सक्रिय भएका थिए । माघ १६ देखि एमसीसी संसद्मा पेस गर्न खोजेपनि सत्ता गठबन्धनकाबीचमा सहमति नहुँदा रोकिँदै आएको छ । प्रचण्डको सचिवालयले ओलीलाई गुहार्न देउवा बालकोट पुगेको आरोप लगाएको छ ।

सामाजिक सन्जालमार्फत सहमति नभएपछि ओली गुहार्न बालाकोट पुगेको भनिएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न बालकोट ।’

प्रतिक्रिया