पत्नीसँग प्रधानमन्त्री देउवा बालकोटमा, ओली-देउवा गठबन्धन सरकार बन्ने चर्चा
नेपालखोज
२०७८ फागुन ५ गते २१:३५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता जारी छ । बिहीबार राति देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।
पत्नी आरजु देउवा राणासँग देउवा बालकोटा पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा ओली भेट्न पुगेका हुन् ।
भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ । देशको राजनीतिकले नयाँ दिशा दिन सक्ने बुझिएको छ । संसद्मा जारी अवरोध हटाएर एमसीसी पास गर्न सघाउनको आगि देउवाले आग्रह गर्ने बुझिएको छ ।
माओवादी सरकारबाट बाहिरिए ओली र देउवाको गठबन्धन सरकार बन्ने चर्चा छ ।
सम्बन्धित

प्रतिक्रिया