पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

नेपालखोज २०७८ फागुन ६ गते ६:४३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल कुनै उल्लेखनिय प्रणाली छैन्। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । भने पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। राति पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया