ढुंगेअड्डामा शंकास्पद वस्तु फेला

नेपालखोज २०७८ फागुन ६ गते ९:३०

काठमाडौँ । चन्द्रागिरि नगरपालिकास्थित ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डाको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलंकी-नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताएका छन । उनले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शंस्कास्पद वस्तु छाडिएको जानकारी दिएका छन् । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।

शंकास्पद वस्तु भेटिएसँगै नागढुंगा नाका भएर काठमाडौँ उपत्यका भित्रिने तथा काठमाडौँ बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।
-तस्बिर : शैलज नेपाल

प्रतिक्रिया