आइतबार, जेठ ५, २०८२

शून्य रुपैयाँमा खल्तीबाट मेरो सेयर नवीकरण

नेपालखोज २०७८ फागुन ६ गते १०:५९

काठमाडौं । नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफरअन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्नेछन् ।

प्रयोगकर्ताले मेरो सेयर खाता नवीकरणका लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ यस अफरअन्तर्गत खल्तीमार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसमा अधिकतम क्यासब्याक एक वर्षको नवीकरण रहेको छ । तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मका लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आईडीले यो अफर एकपटक मात्र लिन सक्नेछन् । यो अफर चैत २, २०७८ गतेसम्म लागु हुनेछ ।

यस सेवाको बारेमा थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यसले धेरै सम्भावित लगानीकर्तालाई सेयर बजारमा प्रवेश गर्न पक्कै प्रोत्साहन दिने विश्वास लिएको छु ।’ नेपाली फिनटेक उद्योगमा ‘खल्ती’ एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरि ६० हजारभन्दा बढी सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया