एमसीसी पास हुँदैन, गठबन्धन पनि टुट्दैन : झलनाथ खनाल
नेपालखोज
२०७८ फागुन ६ गते १५:५५

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठ्यारो नपार्ने बताए ।
उनले गठबन्धन सहमतिका आधारमा बनेको बताए । खनालले गठबन्धन एमसीसीले छुट्नुपर्ने भन्ने कुरा गलत रहेको बताए । एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्धा भएकाले उनले जनताको भावनामा ठेस पुर्याउन नहुने बताए ।
खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्ना मत र चाहना रहेको स्पष्ट पारे । संसद नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वभाविक रहेकाले आंशका नगर्ने उनले बताए । एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने अडान लिए ।
सम्बन्धित

प्रतिक्रिया