मंगलबार, जेठ १, २०८१

विश्वकप छनोटमा सुखद सुरुवात- नेपालसँग ओमान ३९ रनले पराजित

नेपालखोज २०७८ फागुन ६ गते १५:०५

काठमाडौं । आइसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपालले रोमाञ्चक जित निकाल्दै सुखद सुरुवात गरेको छ । ब्याटिङमा केहि खराब देखिएको नेपाली बलरले टिमलाई ३९ रनको रोमाञ्चक जित दिलाए ।

ओमानको अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदा एक सय १७ रन बनायो । खराब ब्याटिङ गरेको नेपाली टिमका कुनैपनि खेलाडीविच गतिलो साझेदारी हुन सकेन । नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

नेपालको स्कोर मात्र ६ रन हुँदा पहिलो विकेट झरेको थियो । ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए । त्यसपछि कुशल भुर्तेलपनि ब्यक्तिगत पाँच रनमा बिलाल खानको बलमा आउट हुँदा नेपालको स्कोर १२ रन थियो । त्यसपछि पूर्व कप्तान ज्ञानेन्द्र मल्लपनि ब्यक्तिगत १५ रनमा पेभेलियन फर्किए । उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए । मल्ल आउट हुँदा नेपालको स्कोरबोर्डमा ३३ रन थियो ।

नेपालको विकेट झर्नेक्रम यतिमा रोकिए । ४० रन हुँदा दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ११ रनमा आउट हुँदा चौथो विकेट झरेको थियो । एक समय एक सय रन पनि पुरा गर्न सक्ने भन्ने आशंका भइरहेका बेला लोकेश बम र आरिफ शेखले पाँचौं विकेटका लागि २७ रनको साझेदारी गरेका थिए । तर लोकेश बम ब्यक्तिगत १६ रनमा आउट हुँदा नेपाल झन दबावमा परेको थियो ।

नेपालको स्कोर ८७ रन हुँदा सात विकेट झरेको थियो । जसमा विवेक यादव सात रनमा आउट भए भने कमलसिंह ऐरीले मात्र एक रन बनाउन सके । अन्तिममा सन्दिप लामिछानेले सात बलमा एक चौका र एक छक्काको मद्दतले १६ रन बनाए । नेपालको पारीमा आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा दुई चौका प्रहार गरे ।

बलिङमा ओमानका खवार अलीले चार ओभरमा ३० रन खर्चिएर तीन विकेट लिए भने बिलाल खानले तीन ओभरमा २५ रन दिएर दुई विकेट हात पारे । यस्तै फायाज बट र जिसान मक्सुदले एक एक विकेट लिए । जवाफमा ओमान १६ ओभर पाँच बलमा ७८ रनमा अलआउट भयो । ओमानका एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

तर नेपालको कसिलो बलिङका कारण ओमानलाई रनमा अलआउट गर्न सफल भयो । यो खेलमा फिल्डिङमा भने नेपाल केहि चुकेको थियो । ओमानका तीन वटा क्याचलाई नेपाली खेलाडीले ड्रप गरेका थिए । निकै खराव सुरुवात गरेको ओमानले एक रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर कश्यप प्रजापतीलाई कमलसिंह ऐरीले खाता खोल्न नदिँदै दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

त्यसपछि क्रिजमा आएका आयन खानपनि मात्र तीन रनमा जितेन्द्र मुखियाको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए । जसका कारण ओमानले सात रन हुँदा दोस्रो विकेट गुमायो । ओमानको स्कोर २४ रन हुँदा नेपालले तेस्रो सफलता हात पार्यो । उसका जतिन्दर सिंहलाई दिपेन्द्रसिंह ऐरीले ब्यक्तिगत नौं रनमा रनआउट गरे । जसका कारण नेपालले ओमानलाई दबावमा पार्न सफल भयो ।

नेपालको बलिङ अगाडी ओमानका टप अडरका खेलाडी क्रिजमा टिक्न सकेनन् । ओमानको स्कोर ३१ रन हुँदा खवार अली मात्र सात रनमा आउट भए । उनलाई सन्दिप लामिछानेले बोल्ड गरेर पेभेलियनको बाटो देखाए । एकपछि अर्को विकेट गुमाएको ओमानको स्कोर ३५ रन हुँदा पाँचौं विकेट लिन सफल भयो । उसका कप्तान जिसन मक्सुदलाई दिपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलको हातबाट मात्र दुई रनमा आउट गरे ।

त्यसको लगत्तै नेपालले ओमानको छैटौं विकेट लियो । अभिनाश बोहोराले ओमानका सोयब खानलाई मात्र एक रनमा पेभेलियनको बाटो देखाए । जसका कारण ओमानले ३५ रनमा छैटौं विकेट गुमायो । त्यसपछि ओमानको स्कोर ६६ रन हुँदा नेपालले सातौं विकेट लिन सफल भयो । नेपालका लागि सन्दिप लामिछानेले ििनसम खुसीलाई ब्यक्तिगत २४ रनमा आउट गरे । उनले १८ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

ओमानको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर ६८ रन हुँदा आठौं विकेट गयो । दिपेन्द्र सिंह ऐरीको बलमा आमिर कलिम ब्यक्रिगत नौं रनमा आउट भए । त्यसपछि ओमानको ७७ रन हुँदा नेपालले नबौं विकेट लिन सफल भयो । कमलसिंह ऐरीले कलिमुल्लाहलाई पाँच रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।

बलिङमा नेपालले प्रयोग गरेका पाँचै खेलाडीले विकेट लिन सफल भए । कमलसिंह ऐरीले तीन ओभरमा १५ रन खर्चिएर तीन विकेट लिए भने सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी दुई दुई विकेट लिए । दिपेन्द्रले पाँच ओभरमा मात्र १८ रन खर्चिएर दुई विकेट लिएन । सन्दिपले चार ओभरमा २० रन दिएर दुई विकेट हात पारे । यस्तै अभिनाश बोहरा र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।

अब नेपालले फिलिपिन्ससँग भोलि दोस्रो खेल खेल्नेछ । नेपालले फिलिपिन्सलाई हराएको खण्डमा सेमिफाइनलको यात्रा लगभग पक्का गर्नेछ ।

प्रतिक्रिया