शुक्रबार, जेठ ४, २०८१

मेयरका उम्मेदवार सिंहको प्रतिबद्धता: म मेयर भए भ्रष्टाचारमुक्त महानगर बनाउँछु

नेपालखोज २०७९ वैशाख १७ गते १७:३३

काठमाडौं । सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सृजना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

आज नेपाली कांग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताएकी हुन् ।

उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागि पर्ने बताइन् । सिंहले सबै महिलाहरुको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाइन । सिंहले आफूलाई नेपाली कांग्रसले सर्वसम्मतरुपमा मेयरको उम्मेदवार बनाएको बताए ।

सुरुमा मेयरका लागि नेपाल महिला संघ, काठमाडौंले प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको उनको दाबी थियो ।

गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवार नभएको सिंहले बताइन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताइन् ।

प्रतिक्रिया