चौबीस घण्टामा २,४५४ जना डिस्चार्ज, ४३७ संक्रमित थपिए

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २ हजार ४५४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ४८ हजार ७८४ पुगेको छ । हाल संक्रमण मुक्त हुने दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा २७५ र ३ हजार ९५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १६२ जना गरि कुल ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९१३ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख २४ हजार ८३७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया