बुधबार, जेठ २, २०८१

अमेरिकाले भन्यो- हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैनन्

नेपालखोज २०७८ फागुन ६ गते २०:४२

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको बारेमा खुला बहस गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सामाजिक सन्जालमार्फत राजदूत बेरीले जो कोहीले एमसीसीको विषयमा आफ्नो अभिव्यक्ति, विचार राख्न सक्ने तर, हिंसा भड्काउने विचारहरु स्वीकार्य नहुने बताए ।

उनले हिंसा भडकाउँदैमा लोकतन्त्र नहुने बताए । उनले भने, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यहीँ हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’

प्रतिक्रिया