बिहीबार, जेठ ३, २०८१

लो बजेटमा सामसुङ ग्यालेक्सी ए-०३

नेपालखोज २०७८ फागुन ७ गते १४:४७

काठमाडौं । सामसुङले ग्यालेक्सी ए-सिरिजअन्तर्गत एउटा नयाँ बजेट स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले यसका बारेमा कुनै आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन ।

यद्यपि यो फोनका बारेमा ९१ मोबाइल्सले केही जानकारी दिएको छ । ग्यालेक्सी ए-०३ को मूल्य, स्पेसिफिकेसन्स तथा लन्च डेटका बारेमा केही जानकारी लिउँ ।

सामसुङ ग्यालेक्सी ए ०३
प्राप्त जानकारीअनुसार सामसुङ ग्यालेक्सी ए-०३ यहि फेब्रुअरी महिनाको अन्त्य वा मार्चको सुरुवातमा बजारमा आइसक्नेछ । भनिन्छ सामसुङ ग्यालेक्सी ए ०३ को अन्तर्राष्ट्रिय बजार मूल्य लगभग १९,२०० रुपैयाँ रहनसक्छ । यो फोन ग्लोबल मार्केटमा गएको नोभेम्बरमै लन्च भइसकेको छ ।

स्पेसिफिकेसन्स
सामसुङ ग्यालेक्सी ए ०३ ६.५ इन्चको एचडी , इन्फिनिटी-वी न्याच टीएफटी एलसीडी प्यानलका साथ उपलब्ध हुनेछ, जसको रिजोल्युसन ७२० बाई १६०० पिक्सल रहनेछ । यो डिभाइसमा ५००० एमएएचको ब्याट्रीका साथ स्टाडर्ड चार्जिङ सपोर्ट रहनेछ । कलर भेराइटीतर्फ यो फोन रेड तथा ब्ल्याक कलरमा उपलब्ध हुने बताइएको छ ।

फोटोग्राफीका लागि सामसुङ ग्यालेक्सी ए ०३ मा ८४ एमपीको मुख्य क्यामेराका साथ २ एमपीको डेप्थ क्यामेरा तथा ५ एमपीको फ्रन्ट क्यामेरा रहनेछ । यो फोन UNISOC T606 अक्टा-कोर प्रोसेसरद्वारा सञ्चालित हुनेछ । हाल यो फोन दुई मेमोरी भेरियन्टमा उपलब्ध हुनेछ । पहिलो ३ जीबी र्याम तथा ३२ जीबी इन्टरनल स्टोरेजका साथ आउने छन् भने दोस्रो भेरियन्टमा ४ जीबी र्याम तथा ६४ जीबी इन्टरनल स्टोरेज रहने बताइएको छ । सामसुङ ग्यालेक्सी ए ०३ मा ३.५ मिमी हेडफोन ज्याक दिइनेछ भने यसको वजन १९६ ग्राम रहनेछ ।

प्रतिक्रिया