शनिबार, वैशाख १५, २०८१

फेब्रुअरीमा कुन कार कति बिक्री भए ?

नेपालखोज २०७९ फागुन २५ गते ११:५०

काठमाडाैं । २०२३ को दोस्रो महिना मारुती सुजुकीको बलेनो शीर्ष १० सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा परेको छ । गत महिना यसको बिक्री ४७.९१ प्रतिशतले बृद्धि भएको बताईन्छ । २०२३ को पहिलो महिना बिक्री भएको १२५७० युनिटको तुलनामा यो महिना यसको बिक्री १८५९२ युनिट पुग्यो । भारतमा फेब्रुअरीमा बिक्री हुने शीर्ष १० कारको सूची हेर्दा बलेनो सहित ७ वटा कार मारुतीका छन । मारुती बाहेक यो सुचिमा २ वटा कार टाटाका र १ कार हुन्डाईको छ ।

गत महिना भारतमा सबैभन्दा धेरै बिक्री हुने कारहरू

स्विफ्ट र अल्टो
मारुती स्विफ्टले गत महिना कुल १८४१२ वटा कार बेचेको थियो जुन फेब्रुअरी २०२२ मा १९२०२ थियो । यसको बिक्री वार्षिक आधारमा ४.११ प्रतिशतले घटेको छ । मारुती अल्टो ११,५५१ इकाइको तुलनामा १८,११४ इकाइ बिक्री गर्दै तेस्रो स्थानमा रह्यो । यो कारको बिक्री ५६.८२ प्रतिशतले बढेको छ ।

वेगनआर र डिजायर
मारुतीको वेगनआर बिक्रीको हिसाबमा चौथो स्थानमा रह्यो । गत महिना यसको बिक्री १६ हजार ८८९ युनिट थियो । फेब्रुअरी २०२२ को तुलनामा यसको बिक्री १५.१३ प्रतिशतले बढेको छ । त्यतिबेला यसको बिक्री १४ हजार ६६९ युनिट थियो । यो सुचिको पाँचौं स्थानमा मारुती डिजायर छ । गत महिना यसको बिक्री १६ हजार ७९८ युनिट थियो । फेब्रुअरी २०२२ को तुलनामा यसको बिक्री ३.६७ प्रतिशतले घटेको छ। त्यतिबेला यसले १७ हजार ४३८ युनिट बिक्री दर्ता गरेको थियो ।

ब्रेजा र नेक्सन
मारुती भिटारा ब्रेजा गत महिना भारतमा छैटौं सबैभन्दा बढी बिक्री हुने कार थियो। यसले गत महिना १५७८७ युनिट बिक्री दर्ता गरेको थियो जुन फेब्रुअरी २०२२ मा ९२५६ युनिट थियो अर्थात् वार्षिक आधारमा यसको बिक्री ७०.५६ प्रतिशतले बढेको छ । ७ नम्बरमा रहेको टाटाको नेक्सनले १३.५० प्रतिशतले बिक्री वृद्धि गरेको छ । गत महिनाको यसको बिक्री १२२५९ युनिटको तुलनामा यो महिना १३९१४ युनिट बिक्री भएको छ ।

इको र पंच
मारुती इको गत महिना भारतमा आठौं सबैभन्दा बढी बिक्री हुने कार थियो । यो कारले सन् २०२२ को फेब्रुअरीको ९१९० युनिटको तुलनामा गत महिना ११३५२ युनिट बिक्री दर्ता गरेको थियो अर्थात् वार्षिक आधारमा यसको बिक्री २३.५३ प्रतिशतले बढेको छ । ९ नम्बरमा रहेको टाटा पञ्चले कुल १११६९ युनिट बिक्री दर्ता गरेको छ जुन ९५९२ युनिटको तुलनामा १६.४४ प्रतिशतले वृद्धि भएको छ।

क्रेटा नम्बर १० मा
हुन्डाई क्रेटा १०४२१ युनिट बिक्रीका साथ १० औं स्थानमा छ जुन फेब्रुअरी २०२२ मा ९६०६ युनिट थियो । यो कारको बिक्री वार्षिक आधारमा ८.४८ प्रतिशतले घटेको छ । जनवरी २०२२ र त्यसअघि डिसेम्बर २०२१ मा पनि शीर्ष १० सबैभन्दा बढी बिक्री हुने कारमध्ये ७ कार मारुतीका , २ टाटा र १ कार हुन्डाईको थिए । २०२३ को पहिलो महिना मारुती सुजुकीको अल्टो सबैभन्दा धेरै बिक्री हुने कारको सूचीको शीर्ष स्थानमा थियो ।

२०२२ को पहिलो महिनामा यसको बिक्री १२३४२ युनिटको तुलनामा गत महिना २१४११ युनिट पुग्यो जुन ७३ प्रतिशतको ठूलो वृद्धि हो । गत महिना मारुती वेगनआरको २०४६६ युनिट बिक्री भएको थियो जुन जनवरी २०२२ मा २०३३४ युनिट थियो ।

प्रतिक्रिया