बुधबार, वैशाख १२, २०८१

सबैभन्दा बढी कमाइ गर्ने कलाकार

नेपालखोज २०७८ फागुन ७ गते १३:५७

काठमाडौं । सन् २०२२ मा सबैभन्दा बढी आम्दानी गर्ने केवल १० कलाकारको कुल आम्दानी २,७२५ मिलियन डलर अर्थात् साढे तीन खर्ब रुपैयाँ जति छ । फोर्ब्स पत्रिकाका अनुसार यसरी सर्वाधिक आम्दानी गर्ने दश कलाकार र तिनको आम्दानी यस्तो छ ।

नम्बर – १० : बब डिलन, १३० मिलियन डलर
८० वर्षका नोबेल पुरस्कार विजेता बब डिलनले भविष्यका लागि पनि केहि गित रेकर्ड गराइसकेका छन जस बापत गएको जुलाईमा उनलाइ सोनी म्युजिकले १५ करोड डलर पारिश्रमिक दिएको थियो । यो वर्ष उनको अनुमानित कमाई १३ करोड डलर रहने बताइन्छ ।

नम्बर – ९, रायन टेडर
१६ करोड डलर आम्दानीका साथ वन रिपब्लिक ब्यान्डका मुख्य कलाकार रायन टेडर नवौं स्थानमा छन् । उनी बियोन्से, एड शिरीन तथा अडेल जस्ता गायक-गायिकाका लागि गीतसमेत लेख्छन् ।

नम्बर – ८, टाइलर पेरी
बहुमुखी एक्टर-सिंगर टाइलर पेरीको कमाई १६.५ करोड डलर छ । उनको मुख्य कमाइ ३३० एकडमा फैलिएको अटलान्टास्थित स्टुडियोबाट हुने बताइएको छ ।

नम्बर – ७, पल सिमन
रक म्युजिसियन पल सिमन २० करोड डलरका साथ सर्वाधिक आम्दानी गर्ने इन्टरटेनरको सूचीको सातौं नम्बरमा छन् । गएको मार्चमा उनले सोनी म्युजिकलाई सयौं गीत बेचेका थिए ।

नम्बर – ६, मेट स्टोन तथा टेरी पार्कर
साउथ पार्क सिरिजको रचयिता य‍ो जोडीले प्यारामाउन्ट स्टुडियोका साथ ६ वर्षका लागि ९० करोड डलरको सम्झौता गरेका छन् । २०२२ मा उनीहरुको कमाइ २१ करोड डलर रहने अनुमान छ ।

नम्बर – ५, कानये वेस्ट
२३.५ करोड डलर कमाइका साथ पप आर्टिस्ट कानये वेस्ट पाँचौं नम्बरमा छन् । उनको बढी आम्दानी ब्रान्ड प्रमोसनबाट भइरहेको छ । हालै उनले एडिडासका साथ वर्षौं लामो सम्झौता गरेका छन् ।

नम्बर – ४, ड्वायन जोनसन
द रकको नामले सुप्रसिद्ध जोनसन ती सीमित एक्टरमध्ये एक हुन् जसले यो सूचीमा स्थान बनाएका छन् । जोनसनको आम्दानी २७ करोड डलर छ ।

नम्बर – ३, जे-जी
३४ करोड डलर कमाउने जे जीले संगीत बनाउने कामबाहेक अब संगीत स्ट्रिमिङको काम पनि सुरु गरेका छन् ।

नम्बर – २, ब्रुस स्प्रिङस्टिन
द बोस नामले चिनिने ब्रुसले आफ्नो सारा काम सोनी म्युजिकलाई बेचेका छन् । उनले यो वर्ष ४३ करोड डलर कमाइ गरेको बताइन्छ ।

नम्बर – १, पिटर ज्याक्सन
लर्ड अफ द रिङग्सका डाइरेक्टर पिटर ज्याक्सनले आफ्नो भिजुअल इफेक्ट्स बनाउने कम्पनी वेटा डिजिटल बिक्री गरेर गएको नोभेम्बरमा १.६ अर्ब डलर आम्दानी गरेका थिए । यसैगरी उनी फिल्म निर्माण गरेर खर्बपति हुने तेस्रो फिल्मकार हुन् । उनका अतिरिक्त स्टिवन स्पिलबर्ग र जर्ज लुकस मात्र चलचित्र बनाएर अर्बपति भएका छन् ।
स्रोत : फोब्स पत्रिका

प्रतिक्रिया