सोमबार, जेठ ७, २०८१

निर्वाचन !

सुनील सापकोटा २०७९ भदौ १३ गते १३:००

कृपया एउटा भोट
हिजोका नेतालाई मात्र दिनुहोला
अरुलाई होइन
जे गरेर भए पनि
जसरी भए पनि
आफ्नो अमूल्य भोट दिनुहोला
पानी परे छाता ओडी
भोट् दिन जानूस्
बाटामा अँध्यारो भए
बत्ती लिई जानूस्
मतदान केन्द्रमा झगडा भए
खुकुरी बोकी जानूस्
त्यहाँ गोली चले
बम र बारुद लिई जानूस्
किनकि हामीहरुलाई
लोकतन्त्र चाहिएको छ
जेजस्तो तन्त्र भए होस्
किनकि नेताका छोराछोरीलाई
रोजगारी चहिएको छ
जनतालाई होइन
किनकि नेताहरुलाई पैसा चाहिएको छ
जनतालाई होइन
किनकि गुन्डा माफियाहरुलाई
शान्ति चाहिएको छ
जनतालाई होइन
केवल पुराना नेताहरुलाई मात्र
जसरी हुन्छ विजय गराउनुहोस्
अनि जे गरी हुन्छ, जसरी हुन्छ
नेताहरुसँग नोट लिनचाहिँ नबिर्सिनु होस्…

प्रतिक्रिया