उपसभापति गुरुङको आरोप – नेताहरुले बोली फेर्दा विदेशी निकाय सलबलाए

नेपालखोज २०७८ फागुन ७ गते १५:५९

चितवन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताए ।

“एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।” देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ । उपसभापति गुरुङले भने, “हाम्रै कारणले वैदेशिक शक्ति एमसिसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ ।” नेताहरुले दिनहुँ बोली फेरि राख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो ।

उपसभापति गुरुङले न्यायलय ठीक ढङ्गबाट सञ्चालन हुनुपर्ने पनि बताएका छन् । एक फरक प्रसङ्गमा उनले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।

संसद् प्रतिपक्षको भए पनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसदमा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानुन बनाइनु पर्नेमा बन्धक बनाउनु गलत भएको बताए ।

प्रतिक्रिया