‘संसद्बाट नसकेर सर्वोच्चबाट सरकार बनाए’
नेपालखोज
२०७८ फागुन ७ गते १६:०७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत अध्यक्ष ओलीले बताए । अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकार र जनताको काम गर्न जाने समेत जनाए ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’ गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै उनले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरेका छन्।
एमालेले प्रशासनको बलमा मात्र नभई जनताको मतले चुनाव जित्ने ओलीको दाबी छ । उनले शिक्षक, कर्मचारीलाई निष्पक्ष भएर काम गर्न समेत आग्रह गरे ।
सम्बन्धित

प्रतिक्रिया