स्वयंसेवी रक्तदाता समाजको नयाँ समिति गठन

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले समिति गठन गरेको छ । उपचारका क्रममा बिरामीलाई आवश्यक पर्ने रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिलोस भन्ने उद्देश्यले स्वयंसेवी रक्तदाताहरू संगठित गराउन समिति गठन गरिएको हो ।


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आयोजित भेलाले स्वयंसेवी रक्तदाता निरु महर्जनको अध्यक्षतामा काठमाडौं महानगरपालिका १३ नं. वडा नगर समिति सर्वसम्मत चयन गर्दै गठन गरिएको छ ।


जसमा उपाध्यक्ष प्रशान्त डंगोल, सचिव विलजा महर्जन, कोषाध्यक्ष सुजिन डंगोल रहेका छन् भने, सदस्यहरूमा क्रमशः सुसेन महर्जन,रोमन नेपाली, कृति डंगोल रहेका छन् । त्यसैगरी कानुनी सल्लाहकार रामशरण डंगोल सल्लाहकारहरूमा क्रमशः सीता क्षेत्री खड्का, रिवेश महर्जन रहेका छन् ।



प्रतिक्रिया