युक्रेनका राष्ट्रपतिले भने- रुसलाई तत्काल उत्तेजनात्मक जवाफ दिन्नँ

काठमाडौं । रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिका योजना बुनिरहेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दाबी गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसतिर औंला ठड्याउँदै चेतावनी दिइरहेका बेला बेलायतका प्रधानमन्त्रीको पनि भनाई सार्वजनिक भएको हो ।
बेलायती प्रधानमन्त्री जोनसनले अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार रुसले युक्रेनमा मात्र नभई युरोपमा नै युद्धको तयारी गरिरहेको जनाएका छन् । उनले सन् १९४५ पछिको ठूलो युद्धको तयारी रुसले गरिरहेको दाबी गरेका छन् । उनले युद्धका केही संकेतहरु सुरु भइसकेको जनाएका छन् ।
जोनसनले रुसले युक्रेनको राजधानी किभलाई घेरेर आक्रमण गर्ने अन्तिम तयारी गरेको प्रमाणहरु गुप्तचरहरूले फेला पारेको जनाएका छन् । युक्रेनको सीमा क्षेत्रमा रुसले झण्डै एक लाख ९० हजार सेना तैनाथ गरेको अमेरिकालगायत विभिन्न पश्चिमा देशहरुको दाबी छ ।
उता युक्रेनका राष्ट्रपति भोलोडिमियर जेलेन्सकीले यसबेला दिइने सामान्य जवाफले पनि युद्ध निम्त्याउन सक्ने जनाएका छन् । उनले रुसी समर्थित क्षेत्रमा देखिएको युद्धको संकेतमा उत्तेजनात्मक जवाफ नदिने जनाएका छन् । रुसको आक्रमणबाट आफ्नो देशलाई बचाउने जेलेन्सकीले दाबी गरेका छन् ।

प्रतिक्रिया